WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BT0F34UIIDNckJ3c6N8cC8L7or78Sa/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 20:11:46', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, मंसिर ३०–
अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले अहिले आयोजक श्रीलंकाबिरुद्ध खेलिरहेको छ ।
टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो ओभरको पहिलो बलमै श्रीलंकाली ब्याट्म्यानलाई आउट गरेको छ ।
श्रीलंकाली ओपनर विश्वा चाथुरांगा पहिलो बलमा आउट भएका हुन् । उनलाई नेपाली ओपनिङ बलर कमलसिंह ऐरीले एलबिडब्ल्यु आउट गराएका हुन् ।
युवा बलर सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली युवाटोलीले बलिङ र फिल्डिङमा निक्कै जुझारु प्रदर्शन गरिरहेका छन् ।
प्रतियोगिताको समूह एमा रहेको नेपालले अन्य खेलहरुमा भारत र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।