काठमाडौँ, मंसिर २९ –
अन्तर्राष्ट्रिय वित्त निगम कर्पोरेसन९आइएफसी० र स्वतन्त्र ऊर्जा उत्पादक संस्था ९इपान०को संयुक्त आयोजनामा आज यहाँ उर्जासम्बन्धी छलफल गरिएको छ ।
पाँचौँ ऊर्जासम्बन्धी प्राविधिक सम्मेलनको पूर्वसन्ध्यामा आयोजित प्राविधिक कार्यशालामा वक्ताले साना तथा ठूला जलविद्युत् परियोजना, योजना हस्तान्तरण, सामाजिक लाभ, विद्युत्सम्बन्धी ऐनलगायत विषयमा छलफल गरेका थिए ।
जलविद्युत्को विकासमा प्राविधिक, वाणिज्य, वित्तीय, वातावरणीय तथा सामाजिक पक्षमा विश्वका विभिन्न मुलुकमा भएका राम्रा अभ्यासका बारेमा तथा विद्युत् खरिद सम्झौता र विद्युत् विकास सम्झौताबारे छलफल भएको थियो । कार्यक्रमका सहभागिहरुले नवीकरणीय ऊर्जा, दीर्घकालीन ऊर्जा उत्पादन कम्तीमा पाँच वर्षदेखि ३० वर्षसम्म हुने गरिएको र त्यस्ता उत्पादनको स्तर ५० देखि शतप्रतिशत हुनुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै साना तथा ठूला जलविद्युत् परियोजनामा उत्पन्न हुन सक्ने विवाद अन्त्य, बैंकमार्फत पिपीएको भुक्तानीको समाप्ति, भारतमा विद्युत् महसुल निर्धारणको प्रक्रिया तथा केन्द्रीय र प्रान्तीयस्तरको परियोजनालगायत विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा मल्टि कन्सल संस्थाका वरिष्ठ सल्लाहकार विलियम ग्रीन, पायोनियर हाउसका निर्देशक अनुपराज उप्रेती, थाइल्यान्डको ओडिएफएल संस्थाका वरिष्ठ परामर्शदाता रोवर्त जीफिजिवोन्सले आ–आफ्नो धारणा राखेका थिए । – रासस