आफनो बैँशको बलबुताको चतूरार्इ र फटाइलार्इ प्रयोग गरेर एउटा, दुर्इटा, तीनवटा, चारवटा अनि खोइ कति कति…..।
नाम मात्रको बिहे गर्दै हिड्ने बाहिर कतै कतै ठाउँ ठाउँमा कोहि केटा पनि राख्ने । सबैतिरबाट सम्पति र साथमा बिचरा नाबालक सन्तानहरूलार्इ तिम्रो बाउ यो, अनि तिम्रो चाहि बाउ यो हो भनेर सहरै पिच्छे बाउ चिनाउँदै हिड्ने । अनि बिना बाउको नामबाटै मैले यी यी र अनि यिनको नागरिकता बनाए । म त नेपालको त्यो महिला हो । नत बच्चा जन्माउनलार्इ लोग्ने नै चाहिन्छ । नत नागरिकता बनाउनलार्इ यसको बाउ नै चाहिन्छ भन्ने । सोझा पुरूषहरूलार्इ ठग्न पल्केर बच्चाको लागि भन्दै रूदै कराउँदै सबै लोग्नेहरूसँग सम्पत्ति बटुल्ने । मायाको जालो बनार्इ पुरूषलार्इ दल दलमा फसाउँदै हिड्ने । केहि कोहि यस्ता महिलाहरूलार्इ निरूत्साहित गर्नका लागि यो नियम आएको हो जस्तो लाग्छ ।
मलार्इ लाग्छ, हाम्रो पवित्र भुमि नेपालमा हाल त्यस्ता महिलाको संड़ख्या न्युन छ । तैपनि थोरै महिलाले धेरै पुरूषलार्इ दुःख दिदै आएका छन् । जस्तै पुरूषले महिलाको शोषण गरेका समाचार आउँछ । तर महिलाले दशौँ पुरूषको शोषण गरेका घटना देख्न र सुन्न पार्इन्छ । छिट्टै माथि पुग्ने र सुखसयलका साथ जीवन बिताउने सोचले उनले त्यसो गरेपनि पछि गएर अवश्य पनि पछुताउँछन् होला । यी त्यस्ता महिलाहरूको कारणबाट अब हाम्रा गाउँघरका सोझा आमा, छोरी, दिदीबहिनीले दुःख पाउने दिन आएको हो कि जस्तो पनि लागेको छ । पुरूषहरूले यो कानुनको गलत प्रयोग गरेमा ।
आशा छ, नेपाल सरकारको सोचाइ र यो नयॉ बनेको नेपालको कानुनको मर्म अनुसार सबै पुरूषले आफ्नो धर्मपत्नीलाई माया गर्नेछन् । एकै रथका हामी २ पाङ्ग्रा हौँ भन्ने सोचाइका साथ जीवनलार्इ अघि बढाउछन् भने त्यस्तो तरिकाले फस्नबाट बच्नेछन् । जुन हिजोआज केही सीमित महिलाले गर्दै आएको पत्रपत्रिकामा र टि भी मा ख़बर सुनेका छौं । सबैले यो सरकारको कामको स्वागत गरौं, धर्म संस्कृती र संस्कारलार्इ बचाऔं ।
कपिलदेव थापा
काभ्रे, हाल जापान