Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान पूर्ण कार्यान्वयन नभए देश दुर्घटनामा पर्छः सभापति देउवा – Gaule Khabar

संविधान पूर्ण कार्यान्वयन नभए देश दुर्घटनामा पर्छः सभापति देउवा

संविधान पूर्ण कार्यान्वयन नभए देश दुर्घटनामा पर्छः सभापति देउवा

चितवन, मंसिर २९–

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान पूर्ण रुपमा कार्यान्वयन नभए देश दुर्घटनामा पर्ने बताउनुभएको छ ।

नेपाल महिला संघको आयोजनामा चितवनको भरतपुरमा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले देशलाई दुर्घटनाबाट जोगाउन संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि नै संघीयतालाई परिमार्जित गर्दै संशोधन प्रस्ताव दर्ता गरिएको बताउनुभयो । उहाँले संविधान संशोधन प्रस्तावलाई लिएर एमालेले सँसद अवरुद्ध गर्नुको कुनै तुक नभएको बताउनुभयो । उहाँले सके प्रस्तावलाई फेल गराउन एमालेलाई चुनौती समेत दिनुभयो । “प्रस्तावलाई अड्काउन एमालेले सँसद अवरोध गरेको छ, सके प्रस्ताव फेल गराउन हामी मान्छौं, तर देशलाई अनिर्णयको बन्दी बनाउन पाईदैन”–सभापति देउवाले भन्नुभयो । उहाँले संशोधन प्रस्ताव फेल हुनै नसक्ने दावी गर्दै त्यसैको डरले एमालले सँसद अवरोध गरेको बताउनुभयो । उहाँले एमालेले तत्काल सँसद खोल्नुपर्ने भन्दै त्यसो नगरि उत्पन्न परिणामको जिम्मेवारी एमालेको टाउँको पर्ने चेतावनी समेत दिनुभयो ।

deuba-2
सभापति देउवाले संशोधन प्रस्तावले मधेसी र पहाडीको मेलमिलाप गराउने भन्दै एमालेले मेल गराउनै नचाहेको आरोप लगाउनुभयो । उहाँले सीमा जोगाउने मधेसीहरुको सबैले विश्वास गर्नुपर्ने बताउनुभयो ।

सभापति देउवाले एमालेले अध्यक्ष ओलीसंग तीन तहकै निर्वाचन गराउने सहमती भएको दावी गर्दै आउँदो २०७४ माघ १ गतेभित्र तीन तहको निर्वाचन गराउनै पर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“स्थानीय निकाय चुनाव हुन्छ हुन्छ हुन्छ, काँग्रेसले जित्नु पर्छ पर्छ पर्छ..।” उहाँले निर्वाचनमा विजयी हुनका लागि महिला संघ पनि बलियो बन्नुपर्ने बताउनुभयो । उहाँले काँग्रेसले निर्वाचन नजिते देशमा प्रजातन्त्र रक्षा गर्न नसकिने जिकिर गर्नुभयो ।

यस्तै सोही कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री डा.प्रकाशसरण महतले संविधान कार्यान्वयनकै लागि संशोधन प्रस्ताव दर्ता गरिएको जिकिर गर्नुभयो । उहाँले काँग्रेस भित्रकै कतिपय नेताहरु प्रस्ताव प्रति असन्तुष्ट रहेको स्वीकार्दै यस्तो निर्णय नगरि देश सधै अनिर्णित बन्ने बताउनुभयो । देशलाई निकास दिन र संविधान कार्यान्वनकै लागि संविधान संशोधन प्रस्ताव पेश गरेको औल्याउनुभयो ।
प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर तीनका महिला प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

congress-women

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका