रसुवा, मंसिर २८ –
आकस्मिक रुपको विपद् व्यवस्थापनमा सहज बनाउन चिनियाँ अधिकारीले आज केही राहत सामग्री जिल्लालाई हस्तान्तरण गरेका छन् ।
केरुङतर्फबाट ल्याएका ज्याकेट, त्रिपाल, टेन्ट र स्लिपिङ ब्यागसहित करिब ५०० किलो राहत सामग्री ओभरसिज चाइना एथिपारा कमिटीका कार्यकारी निर्देशक टङ्गाले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
प्राप्त सामग्री आपत्कालीन अवस्थामा दैवी प्रकोप उद्धार समितिको निर्णयबाट वितरण हुने प्रजिअ अधिकारीले बताउनुभयो । – रासस