गुल्मी,मंसिर २८-
सरकारले सीमाङकन हेरफेर सहित संविधान संशोधन विधेयक ल्याएको भन्दै सुरु भएको आन्दोलनको कारण गुल्मीको जनजीवन कष्टकर बन्दै गएको छ । लामो समयसम्मको बन्दका कारण गुल्मीको जनजीवन कष्टकर बन्दै गएको हो ।
पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाइ अलग गराउन नहुने माग सहित गरिएको बन्दका कारण गुल्मी आज १४ अौ दिन पनि ठप्प छ । बन्दका कारण उद्योग कलकारखाना ठप्प छन् । छोटो तथा लामो दुरीका सवारी सधान पनि चल्न सकेका छैनन् ।
प्रदर्शनकारीले सदरमुकाम तम्घासमा लगाएतका क्षेत्रमा आन्दोलन र बिरोधका कार्यक्रम गर्दै आएका छन् । गुल्मीसंगै विभिन्न जिल्लामा सुरु भएको आन्दोलनको स्वरुप परिवर्तन भए पनि गुल्मीमा अनिश्चिकालका लागि गरिएको बन्द यथावत छ । गुल्मीमा सोमबार नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, एमाले नेता प्रदिप ज्ञवाली लगाएतले बिशाल सभामा सम्बोधन गरेका थिए । राष्ट्रियता बचाउनका लागि आन्दोलनमा उत्रिएको नेताहरुको भनाइ थियो ।
संयुक्त आन्दोलन समिति गुल्मीका अध्यक्ष भुवन प्रसाद श्रेष्ठका अनुसार सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म आन्दोलन जारी राख्ने निर्णय समितिले गरेको छ ।