Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तीन दलको बैठक निष्कर्षवीहिन, आ-आफ्नै अडानले कुरो मिलेन – Gaule Khabar

तीन दलको बैठक निष्कर्षवीहिन, आ-आफ्नै अडानले कुरो मिलेन

तीन दलको बैठक निष्कर्षवीहिन, आ-आफ्नै अडानले कुरो मिलेन

काठमाडौं, मंसिर २८-

संविधान संशोधन प्रस्तावको बिषयमा साझा धारणा बनाउन बसेको प्रमुख तीन दलको बैंठक बिना निष्कर्ष टुंगिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्रीसहित नेपाली कांग्रेस र एमालेको बैंठकले संशोधनको प्रस्तावमा आ–आफ्नै अडान दोहोर्‍याएपछि बैंठक त्यत्तिकै टुंगिएको हो ।

बैंठकको सुरुमा प्रधानमन्त्री दाहालले संशोधन प्रस्तावलाई पारित गरेर निर्वाचनमा जुट्नु पर्ने भन्दै सहमतिमा आउन आग्रह गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सरकारले ल्याएको संशोधन प्रस्तावलाई थाती राखेर निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए ।

बैंठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले दलहरु अल्मलिने समय नभएको भन्दै निर्वाचनमा जानको लागि पनि संशोधन प्रस्ताव पारित गरेर मुलुकलाई निकास दिन आग्रह गरेका थिए ।

बैंठक पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल सकारात्मक भएको भन्दै संविधान संशोधन प्रस्ताव परिमार्जन, निर्वाचनलगायत बिषयमा छलफल भएको बताए ।देउवाले भने संविधान संशोधन प्रस्तावमा एमाले लचिलो देखिएकाले केहि दिनभित्र सहिमतिमा पुगिने बिश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका