बारा, मंसिर २७ –
बढ्दो चिसोका कारण जनजीवन प्रभावित भएपछि बारामा रहेका सबै विद्यालय सोमबारदेखि सात दिनका लागि बन्द भएका छन् ।
जिल्ला शिक्षा कार्यालय बाराको निर्देशनमा जिल्लामा रहेका सामुदायिक तथा नीजी विद्यालय सोमबारदेखि आगामी आइतबारसम्मका लागि बन्द भएका हुन् ।
नौ दिनदेखिको अत्याधिक चिसो र शीतलहरका कारण बालबालिका बिरामी हुन थालेपछि एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा कार्यालय बाराका सूचना अधिकारी अशोक रौनीयारले जानकारी दिनु भयो ।