Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
खिचडी खानुका यी तीन फाइदा तपाईंलाई थाहा छ ? – Gaule Khabar

खिचडी खानुका यी तीन फाइदा तपाईंलाई थाहा छ ?

खिचडी खानुका यी तीन फाइदा तपाईंलाई थाहा छ ?

खिचडी (दाल-चामल एकसाथ मिलाएर पकाइने परिकार) सायद तपाईंले पनि खानु भएको होला । खिचडी नेपाली समाजमा थोरै नै खाइने तर लोकप्रिय भोजन अन्तर्गत पर्छ । बिरामी हुँदा पनि चिकित्सकहरुले खिचडी खान सुझाव दिने गरेको पाइन्छ ।

के तपाईंलाई खिचडीका फाइदाहरु थाहा छ ? छैन भने यी तीन फाइदा नियाल्नुस् ।

पोषक तत्वले भरपूर
खिचडीमा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फाइबर, म्याकग्निसियम, पोटासियम तथा फस्फोरस पाइन्छ । यदि चाहनुभयो भने आवश्यकताअनुसार अन्य तरकारीहरु पनि मिसाएर यसलाई थप पोषिलो बनाउन सक्नुहुन्छ ।

पचाउन सजिलो 

खिचडीमा तेज मसलाको प्रयोग हुँदैन, जसका कारण यो पचाउन निकै सहज हुन्छ । त्यसैले हो बिमारी हुँदा खिचडी खान चिकित्सकहरुले सुझाव दिने गरेको । यदि तपाईंको पाचनतन्त्र कमजोर छ भने खिचडी खानु निकै फाइदाजनक हुन्छ ।

बिमारीबाट बचाउँछ

खिचडीको सेवनले मानिसलाई बिमारीबाट बचाउँछ । शरीरलाई उर्जा प्रदान गर्छ । साथै यसले रोगप्रतिरोधी क्षमता पनि मजबुत बनाउन सहयोग गर्छ । पित्त तथा कफको समस्यामा पनि खिचडी लाभदायक हुन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका