नेपालगन्ज,मंसिर २५-
नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको दशौं राष्ट्रिय अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । अधिवेशन यही मंसिर २७, २८ र २९ गते नेपालगन्जमा हुंदैछ । अधिवेशनको तयारी अन्तिम अबस्थामा पुगेको अधिवेशन आर्थिक उपसमितिका संयोजक हरिबहादुर खत्रीले वताए । ‘युद्धस्तर’मा तयारी भइरहेको बताउंदै खत्रीले भने,–‘ सचिवालयमा रहेर सबैजना तिब्ररुपमा काम गरिरहनुभएको छ ।’
२७ गते बिशेष समारोहकबीच उद्घाटन हुने बताउंदै खत्रीले भने,–‘ यसलाई हामी बिशेष बनाउन लागिपरेका छौं । उक्त दिन बिभिन्न समुदायका पहिचान झल्किने नृत्य, बाजागाजा सहित नेपालगन्ज परिक्रमा गर्नेछौ । देशभरबाट आएका कर्मचारी, शुभेच्छुकहरुको ¥याली प्रदर्शन हुनेछ ।’खत्रीका अनुसार उक्त झांकीमा देशमा रहेको बिभिन्न जात,जाती र समुदाय बिशेषको अनेकतामा एकता झल्किने छ ।
¥यालीपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाट गर्नेछन् । दोस्रो दिनबाट बन्दसत्र शुरु हुने आयोजकले जनाएको छ । केन्द्रीय पदाधिकारी, केही जिल्लाबाट प्रतिनिधिहरु आउन सुरु गरिसकेको खत्रीले बताएका छन् । प्रतिनिधि, पर्यबेक्षक, बिदेशी पाहुना गरेर १२ सय जनाको सहभागिता रहनेछ ।