ज्ञानु पंगेनी
नवलपरासी, मंसिर २४-
नवलपरासीको मध्यविन्दु २ नन्दपुरका महिलाहरुले सामुहिक तरकारी खेतीबाट राम्रो आम्दानी गरेका छन ।नारायणी कृषक समुह स्थापना गरी उनीहरुले विगत ३ वर्षबाट सामुहिक रुपमा अर्गानिक तरकारी खेती गर्दै आईरहेका छन् ।समुहमा १२ जना महिला आबद्ध छन । ३ कठ्ठा जग्गामा उनीहरु सिजन तथा वेमौसमी तरकारी खेती गर्दै आईरहेका छन् ।
बोटे, माझी ,मुसहर समुदायकोे बाहुल्य रहेको नन्दपुरका महिलाहरुले सामुहिक तरकारी खेतीबाट आम्दानी गर्न थालेपछि उनीहरुको जिवन स्तरमा पनि परिवर्तन आएको छ । समुहकी अध्यक्ष कमला रानाले आफुहरुले तरकारी खेतीबाट एक सिजनमा ४० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको बताईन् । ‘३ वर्षदेखि तरकारी खेती गर्दै आईरहेका छौ, एक सिजनमा करीब ८ हजारसम्मको लगानी लाग्छ ५० हजारसम्म आम्दानी हुन्छ’रानाले भनिन्–सिजन अनुसार करेला, बोडि ,लौका , टमाट ,काउली , भान्टा ,मुला ,साग लगाउने गरेका छौं । वेमौसमि तरकारी पनि लगाउने गरेकी रानाले जिवनस्तरमा पनि परिवर्तन आएको वताइन् ।
‘खोलामा माछा मारेर जिवन गुजार्नु पथ्र्यो,दुई चार पैसाका लागि पनि श्रीमानको भर पर्नुपथ्र्यो तर अहिले धेरै सजिलो भएको छ, उनले भनिन् तरकारी खेतीवाट चाहिएको लत्ताकपडा किन्न ,छोरोरीलाई पढाई खर्च , र सम्पुर्ण घरखर्च सबै राम्रैसंग चलेको छ । समुहको तरकारी विक्रीबाट आएको पैसा पनि समुहमानै बचत गर्ने गरेको उनले वताइन् ।
माझी, मुसहर, बोटे कल्याण सेवा समती नवलपरासीले सो समुदायको आर्थिक अवस्था सुधार गर्ने उदेश्यले सामुहिक खेतीका लागि महिलाहरुलाई अर्गानिक तरकारी खेती तालिम, विउविजन, टनेलका लागि आवश्यक पलाष्टिक र सिंचाईका लागि बोरिङ्ग उपलब्ध गराएको थियो । महिलाहरुको सामुहिक खेती राम्रो भएपछि उनीहरुलाई तालिम,विउविजन उपलब्ध गराउदै आएको र कृषि प्राविधिकको पनि व्यवस्था मिलाईदिएको समितीका अध्यक्ष लाल वहादुर बोटेले बताए ।