Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्तरोन्नतिको कामले भोजपुर उडान बन्द – Gaule Khabar

स्तरोन्नतिको कामले भोजपुर उडान बन्द

स्तरोन्नतिको कामले भोजपुर उडान बन्द

भोजपुर, मंसिर २४ –

भोजपुरको एक मात्र टक्सार विमानस्थल स्तरोन्नतिको काम सुरु भएसँगै हवाई उडान बन्द भएको छ । भूकम्प, नाकाबन्दी र बर्सातले गर्दा रोकिएको काम मङ्सिर २४ गते अर्थात् आजदेखि सुरु हुने भएकाले हवाई उडान तीन महिनाका लागि बन्द हुने विमानस्थल प्रमुख दुर्गामणि चौधरीले जानकारी दिनुभयो ।

कालोपत्रको कामका लागि ४० भन्दा बढी कामदार र इन्जिनियर काममा खटाइसकिएको छ भने आवश्यक निर्माण सामग्रीसमेत जुटाइसकिएको छ । विसं २०३६ यता सञ्चालनमा आएको एक मात्र विमानस्थल स्तरोन्नति र कालोपत्रको काम ३ वर्षअगावै ०७१ असारमा सुरु भएको थियो तर भूकम्प, नाकाबन्दी र बर्सातमा सडक हिलाम्मे भएर ढुवानी समस्या भएपछि म्याद गुज्रिएको ६ महिना बितिसक्दासमेत काम सम्पन्न हुन सकेको थिएन ।

पाँचसय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थल आगामी फागुन २५ गतेसम्मका लागि बन्द हुन लागेको हो । कालिका प्यासिफिक जेभी कन्सट्रक्सनले रु पाँच करोड २१ लाखमा निर्माणको जिम्मेवारी लिएको छ । चाँडै कालोपत्र सकिने र नियमित उडान हुने अपेक्षा स्थानीयवासीले गरेका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका