WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjTKZbUjklY8xjR73i5PvVRBYYFCD/.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 19:25:26', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर २२–
संविधान संशोधनको विरुद्धमा आज कैलालीमा भएको शान्तिपूर्ण विरोधमा प्रहरीले ४१ जनालाई गिरफ्तार गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ ।
केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईद्धारा आज जारी विज्ञप्तीमा घटनाप्रति गम्भिर ध्यानाकर्षण जनाउँदै तत्काल रिहाई गर्न माग गरिएको छ । साथै घाइतेहरुको अविलम्ब उपचार र निर्वाध रुपमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने सुनिश्चितता गर्न माग समेत गरेको छ ।
एमालेले संवैधानिक प्रावधान र जनभावनाविपरीत संसद्मा दर्ता गराइएको संविधान संशोधन प्रस्तावका विरुद्धमा आज कैलालीको सदरमुकाम धनगढीमा नेकपा (एमाले) लगायतका राजनीतिक दलहरुले आयोजना गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारका तर्फबाट बलप्रयोग गरी नेकपा (एमाले) जिल्ला कमिटी कैलालीका अध्यक्ष दीर्घ सोडारीका साथै रणबहादुर चन्द, यज्ञराज बाँस्तोला, मदन रेग्मीलगायत २१ जना घाइते र घाइतेसहित ४१ जनालाई गिरफ्तार गरिएको जनाएको छ ।