WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BF4ge9keyOnyo3dTx0pVA9aXUXTWGp.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 05:55:11', '', 'admlnlx', 'admlnlx')
तम्घास ९गुल्मी०, मंसिर२१ –
प्रदेश नम्बर ५ लाई टुक्र्याउन लागेको विरोधमा आयोजना गरिएको अनिश्चितकालीन गुल्मी बन्दका कारण गत सातादेखि जिल्लाको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।
आन्दोलनकर्ताले दिनहुँ सदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रमा नाराबाजीसहित प्रदर्शन गर्दै विरोधमा उत्रिएपछि जिल्लाका सम्पूर्ण उद्योग तथा कलकारखाना एक सातादेखि ठप्प छन् ।
आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय अगाडि धर्ना दिने काम आज पनि जारी राखेका छन् । सवारीसाधन सञ्चालन नहुँदा कार्यालयमा सेवा लिन आउने सर्वसाधारण समेत थप समस्यामा परेका छन् । सेवाग्राहीको उपस्थिति नहुँदा सरकारी कार्यालयमा दिनभर सुनसान हुने गरेको छ ।
सरकारले प्रदेश टुक्र्याउने गरी संसद् सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म आन्दोलन जारी रहने संयुक्त आन्दोलन सङ्घर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बताउनुभयो । – रासस