Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पहिलो गीति एल्बम ‘श्वेता’ सार्वजनिक – Gaule Khabar

पहिलो गीति एल्बम ‘श्वेता’ सार्वजनिक

पहिलो गीति एल्बम ‘श्वेता’ सार्वजनिक

काठमाडौ, मंसिर १९–

म्याग्दीको दानागाउँमा जन्मिएर हाल बेलायत (युके)े बसोबास गर्दै आएकी गीतकार श्वेता पुन मगरकोे पहिलो गीती संग्रह ‘श्वेता’ आज एक समारोहबीच सार्वजनिक गरिएको छ ।
समारोहका प्रमुख अतिथि रिपोर्टर्स क्लब नेपाल र नेपाली रेडियो नेटवर्कका अध्यक्ष एवंम बरिष्ठ पत्रकार ऋषि धमलाले एल्बमको विमोचन गर्दै गीत संगीतले एकअपासमा मिलनको भावना जागृत गराउने बताउनुभयो । उहाँले स्वर सम्राट नारायण गोपालको चर्चा गर्दे अहिलेको पुस्ताहरुको बीचमा पनि गीत र संगीतको क्षेत्रमा नारायण गोपालको महत्व झन् बढेको बताउनुभयो ।
उहाँले आधुनिक गीत नेपाली मन र मष्तिष्कमा सधै रहिरहेको सबै स्रोता र दर्शकहरुको मन जित्न सफल रहेको दलिल प्रस्तुत गर्दे धमलाले भन्नुभयो, हाम्रो देश नेपाल बहुधार्मिक, बहृुसांस्कृतिक र बहुजाति भएकोले पनि गीत र संगीतले राष्ट्रिय एकतालाई बलियो र सुद्रिट बनाउने बताउनुभयो । धमलाले गीत र संगीतको पारखी ह्वात्तै बढेका छन् र प्रत्येक नेपालीले आफ्नो पिडा दुख कष्ट र तनाव मेटाउनका लागी पनि यो सधै सबैका लागी साध्य भएको बताउनुभयो ।
गीतकार पुनले मेहनत गरेर तयार पारेको गीती संग्रह विमोचनले आफूलाई खुसी लागेको बताउँदै युवा पुस्ताको गीत संगीत मोहले नेपालमा सांगीतिक क्षेत्रमा सफल बन्न युवा पुस्तालाई हौस्याउने बताए । विमोचन समारोहमा बोल्दै संगीतकार शिवसंगम राईले नेपाली गीतसंगीतमा पश्चात्य संगीतको प्रभाव बढ्दै गएको बन्दै मौलिक गीतसंगीत सृजनामा संगीतकर्मीहरु लाग्नु पर्ने बताउनुभयो ।
समारोहलाई स्वागत गर्दे संञ्चारकर्मी उमेश लामाले गीतसंगीतको कुनै भाषा, सिमा नहुने भन्दै विदेश रहेर पनि नेपाली गीतसंगीत माया गर्दे एल्बम निकाल्नु सकारात्मक भएको बताउनुभयो ।
एल्बममा मलाई रुवाएर, मन्दिर झै चोखो, मलाई आकाशको, मुस्कुराउदा गरी ४ वटा गीत समावेस गीती संग्रहमा श्वेता पुन मगरको शब्द रहेको छ भने एल्बममा संगीतकार शिवसंगम राईले एकल संगीत भरेका छन् । गीती संग्रहमा मिलन अमात्य, प्रमोद खरेल, मेलिना राईको स्वर रहेको छ ।
गीतमा सुन्दर लामा र आमोश तामाङको संगीत संयोजन रहेको छ । एल्बममा समावेश मन्दिर झै चोखा बोलको गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । भिडियोे निर्देशन प्रेम लामा, छायांकन ज्ञानेन्द्र शर्मा, सहायक निर्दैशन सन्तोष राजबाहकको रहेको छ ।
भिडियोमा भुपेन्द्र क्षेत्री र श्वेता पुन मगरको अभिनय रहेको छ । कार्यक्रम संञ्चारकर्मी कर्मा लामाले सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका