अमेरिका लैजाने भन्दै थाइल्यान्ड पुर्याई अलपत्र पार्नेक्रम बढ्दो
काठमाडौँ,पुस ५- मानव तस्कर दलालले अमेरिका, युरोपलगायत महादेशमामा लैजाने भनी नेपालीलाई पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड पुर्याई अलपत्र पार्ने क्रम पछिल्लो समय बढ्दै गएको छ। मानव तस्करले अमेरिका, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया तथा युरोपका केही मुलुकलगायत आकर्षक देशमा प्रवेशाज्ञा लगाई पठाइदिने प्रलोभनमा पारी ठग्दै आएकाले त्यसमा नपर्न थाइल्यान्डस्थित नेपाली दूतावासले आज विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ। […]